३ कार्तिक २०८३, मंगलबार

भूकम्पका कारण अपाङ्ग बच्चा जन्मनेभन्दै गर्भपतन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garva mahilaकाठमाडौं, १७ जेठ । कृपा शर्मा पाँचमहिने गर्भवती हुन् । वैशाख १२ र २९ दुई ठूला भूकम्प जादाँ उनी घरमै सुतिरहेकी थिईन ।

सासूले उनलाई अत्याईन, भूकम्प जाँदा सुतिरहेका गर्भवतीबाट अपांग बच्चा जन्मन्छ ।

सासुको कुरा सुनेर उनी आत्तिईन । उनलाई लाग्यो, अपांग बच्चा जन्माउनुभन्दा गर्भ तुहाउनु बेस ।

यस्तो सोचेर उनी स्त्रीरोग विशेषज्ञ डाक्टर शिलु अर्यालकहाँ पुगिन ।

डाक्टर अर्यालले उनलाई भूकम्पले गर्भको बच्चालाई कुनै असर नगर्ने प्रष्ट पार्दै बरु अल्ट्रासाउन्ड गराएर आफैँ आश्वास्त हुन सुझाएको नागरिक दैनिकले छापेको छ ।

बच्चाको अवस्था ठिक देखियो । यस्तो समस्या कृपालाई मात्र होइन भूकम्प जादाँ गर्भमा बच्चा रहेका प्राय गर्भवतीमा देखिन्छ ।

कारण, भूकम्पका बेला चलमल नगरी सुतिरहने गर्भवतीको गर्भ नै तुहिन्छ वा अपांग बच्चा जन्मिन्छ भन्ने अन्धविश्वास समाजमा व्याप्त छ ।