३० आश्विन २०८३, शुक्रबार

रवि लामिछाने भन्छन्– सरकार सुन तस्करी प्रकरणका मालिक जोगाउन खोजिरहेको छ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रास्वपा भक्तपुरको भेलालाई आज शनिबार भक्तपुरमा सम्बोधन गर्दै उनले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न समेत उठाएको बताएका हुन् ।

ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो नगरिएको उनको भनाइ छ । अहिले तस्करी भएको सुनको परिमाण हेर्दा त्यसको मालिक ठूलै व्यक्ति हुने आशंका रहेको पनि उनले बताएका छन् ।

भरियालाई पछ्याएर सुनका मालिकसम्म पुग्न सकिने भए पनि सरकारले सूचनाको स्रोतलाई नै समातेर मुख्य दोषी उम्काएको आरोप उनको छ ।

ठूलो परिमाणमा सुन आएको घटनाबारे आफुहरुले सरकारको जवाफ कुरिरजेको बताउँदै उनले चित्त बुझ्दो जवाफ नआए उपयुक्त प्रतिकारमा उत्रिने चेतावनी पनि सभापति लामिछानेले दिएका छन् ।

सरकारले एउटा विषयलाई टुंगोमा नपुर्‍याइकन अरु फाइल खोलेर गिजोलिरहेको टिप्पणी पनि उनले गरेका छन् ।