३० आश्विन २०८३, शुक्रबार

भ्रष्टाचारविरुद्ध बोल्न नसक्ने बनेको कांग्रेस माओवादीको ढाकर बोकेर हिँड्न बाध्य छ : केपी ओली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतन्त्रको पक्ष र भ्रष्टाचार विरुद्धमा बोल्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

आज शुक्रबार भक्तपुरमा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस पहिलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको र लोकतन्त्रको पक्ष र भ्रष्टाचारका विरुद्धमा समेत बोल्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले अहिले माओवादीको ढाकर बोकेर कांग्रेस लुरुलुरु हिँड्नुपरेको तर्क गर्दै कांग्रेस इतिहासकै निरीह बनेको र दुर्भाग्यपूर्ण अवस्थामा गुज्रिरहेको बताए ।

त्यस्तै, ओलीले यसअघि पार्टी एकीकरण गरे पनि थाक्रोजस्तो भएको बताए । पार्टी एकता गरे पनि वास्तविक रुपमा एकता नभएको र तत्कालीन समयमा प्रचण्डले आफ्नो गुटको बैठक जारी राखेको ओलीको भनाइ छ ।

ओलीले पार्टी र सरकारमा व्यवधान भए पनि देश र जनताका लागि दृढतापूर्वक काम गरेको दाबी गर्दै एमालेसँग मुलुक बनाउने सहि विचार भएकाले सवल राष्ट्रिय शक्तिका रुपमा पुन: ठूलो पार्टी बनेर फर्कने बताए ।

उनले मौलिक राष्ट्रिय धारको प्रतिनिधि एमाले भएकाले देशको अस्तित्वका लािग पनि एमालेले हार्न नमिल्ने उल्लेख गरे । अध्यक्ष ओलीले विभिन्न जनसंगठनहरू पुनर्गठन भए पनि सम्मेलन नभएको भन्दै सम्मेलन नहुने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।