३० आश्विन २०८३, शुक्रबार

ओलीको प्रश्न : सियो पनि नछिर्ने विमानस्थलबाट यत्तिकै क्विन्टलका क्विन्टल सुन कसरी छिर्‍यो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको जानकारीबिना सियो पनि नछिर्ने विमानस्थलबाट एक क्विन्टल भन्दा बढी सुन यत्तिकै कसरी छिर्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

विमानस्थलबाट भित्र (शहर) छिरिसकेको सुन बरामद भएपछि बल्ल कुन प्वालबाट सुन छिर्‍यो भनी गृहमन्त्रीले विमानस्थल निरीक्षणको तमासा गरेको अध्यक्ष ओलीले बताए ।

नेकपा एमाले सम्पर्क समन्वय कमिटीको दुईदिने प्रशिक्षण कार्यक्रमलाई भक्तपुरको नगरकोटमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रष्टाचार छानविनका क्रममा कुनै ‘कोट’ र ‘टार’लाई छोड्दिन भन्ने सरकारका मन्त्रीले आफ्नै कोटको खल्ती लच्किएको हेर्न सुझाव दिए ।

अध्यक्ष ओलीले भ्रष्टाचारी खोज्न अन्ततिर टर्च बाल्नै नपर्ने, सरकारभित्रै रहेको तर सरकारले भ्रष्टाचारी खोज्ने टर्च आफूतिर फर्काए भ्रष्टाचारी भेटिने तर्क गरे । अध्यक्ष ओलीले दश पन्ध्र वर्ष पुराना भ्रष्टाचारको फाइल खोलिन्छ, कारबाही गरिन्छ भन्ने हल्ला चलाएर सुन तस्करी भइरहेको दाबी पनि गरेका छन् ।

उत्तरी सीमानाका केरुङबाट आउने स्याउ सिधै भैरहवा जाने गरेको र बीचमा कहीँ चेकजाँच नहुने वताउँदै अध्यक्ष ओलीले कसको आदेशमा यस्तो हुन्छ ? विचार गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले देशको चीरहरण गरिरहेको बताउँदै यही स्थिति सधैं रहिरहन दिन नहुनेमा जोड दिए ।

वर्तमान गठबन्धनको यस्तै क्रियाकलाप रहीरहे देश असफल राष्ट्रका रुपमा परिणत हुनसक्ने आशङ्का व्यक्त गर्दै परिस्थितिले नै देशको जिम्मा एमालेको काँधमा आउने बताए ।