३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा रवि लामिछाने र भीम उपाध्यायमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

25.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले सुन तस्करी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वसचिव भीम उपाध्यायमाथि पनि छानबिन गरिनुपर्ने बताएका छन् ।

आज शुक्रबार सामाजिक सञ्जालमा निकै लामो तथ्य र तर्क प्रस्तुत गर्दै उनले यी दुई व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइनुपर्ने बताएका हुन् ।

सुन तस्करी भएको स्वीकार गर्ने तर सम्बन्धित मन्त्रीको राजीनामा माग्ने बेला नभएको बताउने रास्वपाका सभापति लामिछाने र एमालेमाथि निराधार लाञ्छना लगाइरहेका पूर्वसचिव उपाध्याय समेत संलग्न रहेको हुनसक्ने नेता बस्नेतको आशंका छन् ।

‘रबि लामेछाने सेटिङ्ग त हो तर अहिले राजीनामा माग्ने बेला भएको छैन भन्दैछन र भीम उपाध्यायहरू एमालेलाई आक्षेप लाउँदैछन्, किनही यिनीहरू मन्त्री र सचिव हुँदा यो प्रकरणमा संलग्न नहोलान् भन्न सकिन्न छानबिन यता पनि हुनु पर्दछ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।

यस्तै, उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले व्यवस्थापन गरेको भन्सार प्रमुखदेखि मन्त्रीसम्मको कोठाबाट यएरपोर्ट र भन्सारका सबै गतिविधिका सीसीटीभी फुटेज हेर्न सकिने लाइभ अनलाइन मनिटरिङ्ग सिस्टम एक वर्षदेखि बिगारेर सुन तस्करी गरेको आरोप पनि लगाएका छन् ।

यसैगरी, उनले नेपालमा सबैले भारतीय मोटरसाइकल चढ्छन् र ती मोटरसाइकल सडक सञ्जालबाटै नेपाल भित्रिने गरेको चर्चा गर्दै रिङ पिस्टन र ब्रेक सू जस्ता पार्टपूर्जा चीनबाट किन आउँछन् भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।

बस्नेतले बालुवाटार जग्गा प्रकरणमा संलग्न कर्मचारी गिरफ्तार गरिएका पनि क्याबिनेटबाट निर्णय गराउने पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, बाबुराम भट्टराई पूर्वमन्त्री विजय कुमार गच्छेदार अनि पूर्व मुख्यसचिव लिलामणि पौडेलमाथि पनि छानबिन गनुपर्ने तर्क अघि सारेका छन् ।

यस्तै छ उनको पूरा तथ्य, तर्क र भनाइ–

भीम उपाध्यायलेख्छन ‘कि सुन छाड कि पद छाड, नत्र संसद चल्न दिदैनौं !’

रबि लामेछाने भन्छन् ‘मन्त्रीको सेटिङ्ग त हो तर अहिले राजीनामा माग्दिनँ ।

नारायणकाजी भन्छन् ‘माओवादी, काँग्रेस एमाले कसैलाई छाड्दिनँ ।’

१) ओली सरकारले ब्यबस्थापन गरेको लाइभ अनलाइन मनिटरिङ्ग सिस्टम १ बर्ष देखि बिगारिएको छ जुन मार्फत भन्सार प्रमुख देखि मन्त्री सम्मको कोठा बाट सबै यएरपोर्ट र भन्सार का गतिबिधी सिसि टिभि फुटेज हेर्न सकिन्थ्यो, त्यो किन बिगारियो ?

२) नेपालमा सबैले भारतिय मोटर साइकल चढ्छन् जो by road आउँछ । अनि ring piston र brake shoe जस्ता मर्मत सामग्री Hongkong बाट by air आउँछ, किन ?

३) एक पटक होइन ३३ पटक १ सय ५५ होइन ३३ सय किलो सुन बिनारोकतोक Airport बाट निकासा भएको छ ।

४) प्रत्येक सुन escorting सहित India तर्फ गईरहेको अनुमान गरिएको छ ।

५) उक्त तष्करी गरिएको सुन गृह या अर्थले होइन राजस्व अनुसन्धानले सिनामंगलमा Taxi बाट समाएको हो ।

६) भन्सार प्रमुख र प्रहरी प्रमुख बिदामा बसेको बेला ७ सय इ चुरोट मा लुकाएर ९ किलो आधा सुन आएको थियो ।

७) उक्त इ चुरोट लिलामी गर्न माओबादी नेता महरा र उनको छोराले भन्सारमा दबाब दिएको र बारम्बार सम्बन्धित तष्करहरू संग १ सय ३२ कल गरेको देखिन्छ ।

८) भन्सार कार्यालयको स्टोर किपर रेवन्त खड्का समातिएको र उस्को घरबाट ६ करोड नगद बरामद भएको छ ।

९) यो सब असक्षम गृह र अर्थ मन्त्रीको सेटिङ्गमा भएको अनुमान गरिएकाले नेकपा एमाले र केही काँग्रेसका सांसदहरूले उनीहरूको राजिनामा माग गरिएको हो ।

१०) ०४५ सालमा हावा हुरी को कारण खेल हेरी रहेका रंगशालाका दर्शक भागदौड भएको घटनानाका कारण पूर्व मन्त्री केशर बहादुर बिष्टले राजिनामा दिए ।

११) त्यसै गरी ओली सरकारका मन्त्रीहरू गोकुल बाँस्कोटा र शेर बहादुर तामाङ्ग केही सामान्य बिबादित भनाइको कारण राजिनामा दिएका थिए ।

१२) यस्तो बेलामा माओबादी नेता कार्यकर्ता एमालेलाई नङ्गाउने र काँक्रो आफु खाने अनि बियाँ एमालेको निधारमा टाँसेर भष्ट्राचारको आरोप लगाइरहेका छन् ।

१३) अस्तित्व रक्षाको लडाँइमा रहेको ५ दलको आडमा ३२ सिट ल्याएको र एमालेलाई सकाउने कसम खाएर बिदेशी प्रभुको आडमा रहेको प्रचण्ड र नारायण काजी आफ्नो सत्ता अबधी बडाउन जे पनि गर्ने र नेपाललाई पाकिस्तानको जस्तो पुर्बाग्रहको राजनीतिमा लान खोज्दैछन् ।

१४) रबि लामेछाने सेटिङ्ग त हो तर अहिले राजिनमा माग्ने बेला भएको छैन भन्दैछन र भीम उपाध्यायहरू एमालेलाई आक्षेप लाउँदैछन, किनकि इनीहरू मन्त्री र सचिब हुँदा यो प्रकरणमा संलग्न नहोलान् भन्न सकिन्न छानबिन यता पनि हुनुपर्दछ ।

१५) भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्माहरूको अडियोमा नाम आएको आरजुले लिएको भनिएको २ करोड र मञ्जु खाँणले लिएको भनेको ६ करोडको बारेमा किन अनुसन्धान गरिएन ?

१६) भुटानी शरणार्थी नेता टेकनाथ रिजालले बयानमा मैले प्रचण्ड प्रधानमन्त्री भएको बेलामा उहाँकै कक्षमा टोपबहादुर रायमाझीलाई राखेर नक्कली भुटानी शरणार्थी बनाएको हो भनेका छन् । के छानबिन प्रचण्डमाथि गर्ने हिम्मत छ ?

१७) बालुवाटार जग्गा प्रकरणमा संलग्न कर्मचारी गिरफ्तार गरिएका छन् तर क्याबिनेट बाट निर्णय गराउने पूर्व प्रधानमन्त्रीहरू माधब नेपाल, बाबुराम भट्टराई पूर्व मत्री विजय कुमार गच्छेदार अनि पूर्व मुख्यसचिव लिलामणि पौडेलमाथि किन छानबिन भएन ?

१८) लडाकु क्यान्टल्मेण्ट काण्ड, पूर्व अर्थमन्त्री जनार्दन शर्माको करका दर रेट फेरबदलको सेटिङ्ग काण्ड, वाइडबडी काण्ड जस्ता काण्ड छानबिन गर्ने हिम्मत छ त गृह मन्त्रीज्यू ?

१९) अनि एमालेलाइ बदनाम गराउन सरकारको कुनै कारोबार नभएको ओम्नी काण्ड, २५ बर्ष देखि गोकर्ण जंगलमा सञ्चालित रिसोर्ट लिज नवीकरण गरिएको यति काण्ड र सेक्युरिटी प्रेस संचालन गर्ने दौरानमा गोकुल बाँस्कोटाको भनिएको अडियो ७० करोड काण्ड यो सब पारिजातको मैंले नजन्माएको छोरा भने जस्तै नक्कलि काण्ड हो एमाले सबैको छानबिन गर्न तयार छ ।