
काठमाडौं, १२ साउन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले सरकारले लापर्बाही गर्दा एक क्विन्टल सुन तस्करी प्रकरणका दोषी र संलग्नहरू भाग्न सफल भएको बताएका छन् ।
सरकारले दोषी पक्रिने कुरामा आवश्यकताअनुरुपको चासो नदेखाउँदा उनीहरू भाग्न सफल भएको नेता बस्नेतको भनाइ छ । यो सरकारको सेटिङ हो कि लापर्बाही हो भन्दै उनले प्रश्न समेत गरेका छन् ।
‘करिब एक सय किलो सुन बरामद गरेदेखि नै तस्करीको ‘राडर’ मा देखिएका दुई व्यक्तिमध्ये एक राकेशकुमार अडुकिया हुन् । जसलाई राजस्व अनुसन्धान विभागले खोजिरहेको थियो । तर, सुन बरामद भएको एक सातापछि मात्र बुधबार साँझ कमलपोखरीस्थित उनको घरमा राजस्वले छापा मार्यो तर उनी फेला परेनन्,’ बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उनी मात्र होइन, सुन बरामद भएपछि उनका छोरा पनि भागेर दिल्ली पुगेको अुसन्धान स्रोतको दाबी छ । हङकङबाट गत मंगलबार नेपालमा सुन भित्र्याउने कार्यमा संलग्नता रहेको देखिए पनि बेलैमा खोजबिन नगर्दा यिनी फरार हुने अवस्था आएको हो । संलग्न यस्ता धेरै व्यक्तिहरू फरार भएको हुन सक्छन !’















प्रतिक्रिया