काठमाडौँ, १६ जेठ । नेपालमा शनिबार राति फेरि भूकम्पको ठूलो झट्का महसुस गरिएको छ ।
नुवाकोटलाई केन्द्रबिन्दु बनाएर शनिबार राति १० बजेर १३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । तर, भूकम्पको गहिराइ १० किलोमिटरमात्रै रहेका कारण ठूलो झट्का महसुस भएको बताइएको छ । अमेरिकी वैज्ञानिकहरुले भने भरतपुरलाई केन्द्रबिन्दु बनाएको बताएका छन् ।
सानो रेक्टर स्केलको भएपनि काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्पको ठूलो झट्का महसुस गरिएको छ । मध्यराति भूकम्प गएपछि काठमाडौँबासी सडकमा निस्केका छन् । केही दिन यता जनजीवन सामान्य बनिरहेका बेला शनिबार रातिको यो भूकम्पले फेरि त्रास थपिदिएको छ ।
पूर्वको झापादेखि सुदूरपश्चिमाञ्चलको धनगढीसम्म भूकम्पको धक्का महसुस गरिएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।













प्रतिक्रिया