३ कार्तिक २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीको बालकोटमा सांगीतिक माहौल (तस्वीरहरु)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा हिजो बिहीबार साँझ कलाकारहरुको जमघट भएको छ ।

अध्यक्ष ओलीले शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी घरमा आउँदा सांगीतिक माहौल बनेको बताएका छन् ।

अध्यक्ष ओलीले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्ः

बालकोटबाट शुभ बिहानी !
घरमा हिजो बेलुका संयोगवश सांगीतिक माहौल बन्यो। शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरु अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनु भएको थियो। शास्त्रीय संगीतका साधकहरूले सुनाउनु भएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास !
रमाइलो भयो, उहाँहरुलाई धन्यवाद ।