३० आश्विन २०८३, शुक्रबार

भिडिओमा हेर्नुहोस् ‘पियार’मा मल्लिका र अनुजको अनस्क्रिन प्रेम

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकार युगल गायन रहेको छ ।

हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ ।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडिओको निर्मात्री दिलु गुरुङ हुन् । भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’मार्फत सार्वजनिक भएको हो ।

यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियो दर्शक स्रोतामाझ लोकप्रिय भइसकेको छ ।