३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने सरकारको निर्णयविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आज बिहीबार आदेश दिएको छ ।

सर्वोच्च अदालतको न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च व्यहोर्ने भनी गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी पौडेललाई नै उक्त खर्चको भुक्तनी गर्न परमादेश माग गर्दै गत असार २४ गते सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

सर्वाेच्च प्रशासनले १३ दिनसम्म दर्ता गर्न आनाकानी गरेको थियो । अन्तत: सर्वोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय र कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निक्र्यौल हुने बिषय नभएको दाबी गर्दै निवेदन दरपिठ गरेकी थिइन् ।

रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए । निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र निवेदक स्वयं अधिवक्ता गिरीले बहस गरेका थिए । सर्वाेच्चले निवेदनको विषय रजिष्ट्रारको तहबाट निरुपण हुने विषय नभएको ठहर गरेको छ ।