३० आश्विन २०८३, शुक्रबार

५८ ग्राम सुनसहित भारतीय नागरिक काठमाडौं विमानस्थलबाट पक्राउ

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । ५८ ग्राम सुनसहित भारतीय नागरिक काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकैबाट पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेट १ थानसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई आज बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त ब्रासलेटसहित फेला पारी पक्राउ गरेको बताइएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।