३० आश्विन २०८३, शुक्रबार

कोशी प्रदेशमा सात दिनभित्र नयाँ सरकार गठन गर्न सर्वोच्चको परमादेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरेसँगै एक साताभित्र नयाँ सरकार गठन गरिसक्न परमादेश दिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश र सात दिनभित्र नयाँ सरकार गठन गरिसक्न परमादेश दिएको हो ।

२१ असारमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए ।

सर्वोच्चले साउन १७ गतेभित्र नयाँ सरकार गठन गर्न दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन आदेश जारी गरेको छ ।

यस्तो छ फैसला–

१) उत्प्रेषण:– माननिय उद्द्ब थापालाई मुख्यमन्त्रीका रुपमा गरेको नियुक्ति असम्बैधानिक ठहर गरि बदर

२) परमादेश:– २०८०/०४/१७ भित्र संविधानको धारा १६८(२) बमोजिम प्रक्रिया अघि बढाई नयाँ मुख्यमन्त्री नियुक्ति गर्नु