
काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो ।
सरकार गठनमा सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्च अदालतले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको हो । साथै, कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न समेत सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चको फैसलासँगै संविधानको मर्मविपरीत गठन भएको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार २२ दिनमै ढल्न पुगेको छ ।
थापाले थापाले आफ्नो दल कांग्रेसका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको समेत समर्थन जोडेर गत असार २१ गते सरकार गठन गरेका थिए ।
समामुख निष्पक्ष पद रहेकाले कतै समर्थन वा विरोध जनाउन नहुने भन्दै तीव्र विरोध भइरहेको थियो ।
















प्रतिक्रिया