३० आश्विन २०८३, शुक्रबार

पहिल्यै निर्वाचन खर्च विवरण बुझाएका गगनले तिरे निर्वाचन आयोगलाई १५ हजार जरिवाना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।

निर्वाचन खर्च विवरण बुझाएर पनि सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी उनले आज बिहीबार सामाजिक सञ्जालमार्फत दिएका छन् ।

आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले उल्लेख गरेका छन् ।

थापाले ट्विटरमार्फत भनेका छन्, ‘मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु । यो विवरण सार्वजनिक पनि भएको थियो । तर, यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु । अत: १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भइसकेको निर्वाचन खर्च विवरण पुन: सार्वजनिक गरेको जानकारी गराउँछु ।’

यस्तो छ, उनको ट्विट–