३ कार्तिक २०८३, मंगलबार

अब हामी चुप लागेर बस्नु हुँदैन: केपी शर्मा ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब एमाले चुप लागेर बस्न नहुने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूले देश लुटिरहेको टिप्पणी गर्दै अब एमाले चुप लागेर बस्न नहुने बताएका हुन् ।

‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भने ।

सरकारका मन्त्रीहरूको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको अध्यक्ष ओलीको भनाइ छ ।

बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रीको संलग्नताबेगर सम्भव छैन त्यसैले यसबारे छानबिन हुनुपर्छ । यो सरकारले गर्ने छानबिनमाथि हामीलाई विश्वास छैन । संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्छ , ’ प्रमुख सचेतक पदम गिरीले भने ।