३ कार्तिक २०८३, मंगलबार

नयाँ बानेश्वरमा लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल, केही पक्राउ (भिडिओसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । लघुवित्त संस्थाहरूविरूद्व आन्दोलनरत पक्ष र प्रहरीबीच नयाँ बानेश्वरमा लफडा भएको छ ।

संसद भवन घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने क्रममा झडपको स्थिति बनेको हो । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

लघुवित्त संस्थाहरूले गरिब जनताहरूलाई पीडा दिँदा पनि राज्य मौन भएको भन्दै लघुवित्त संस्था विरुद्धको संघर्ष समिति, नेपालको अगुवाइमा संसद भवन घेराउ गर्न खोज्दा झडपको स्थिति बनेको हो ।

माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्ने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको हो । आन्दोलनमा सहभागीहरूले लघुवित्तका कारण आफूहरू पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए ।

नव सामन्तीको रूपमा स्थापित लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दे देशभरका लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् ।