१ कार्तिक २०८३, शनिबार

नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । श्रीलंकामा एसिया कपको तयारी गरिरहको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । खेल बिहान १० बजेबाट ब्लूमफिल्डमा सुरु हुनेछ ।

नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने क्यानले जनाएको छ ।

नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्नेछ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।

नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ गते मुल्तानमा हुनेछ । त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ गते हुनेछ ।