
काठमाडौं, ९ साउन । राप्रपाका युवा नेता रवि किरण हमालले नेपाली काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमाथि टिप्पणी गरेका छन् ।
उनले नेपाली काङ्ग्रेस सत्तामा छ कि प्रतिपक्षीमा भनेर समेत गम्भीर प्रश्न गरेका छन् ।
उनले लेखेका छन् ‘नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेसबुकमार्फत लाइभ हेरेँ । भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढिरहेका गगन थापालाई अलि ध्यानपूर्वक सुनेँ । उनले उठाएका कुराहरू खासै मुलुकको राजनीतिलाई मार्गनिर्देशन गर्ने खालका छैनन् ।’
नेपाली काङ्ग्रेस संघ र प्रदेश सबै सरकारमा सामेल छ, ४ प्रदेशमा मुख्यमन्त्री छन्, संघमा ९ मन्त्री छन् । तर, विपक्षी दलको आभास दिलाउने खालका अभिव्यक्ति त्यही दलका नेताहरूले गर्नु अनुचित रहेको किरणको तर्क छ ।
किरणले आम जनतामा निराशाको कारण केही नेता नभएर विदेशीको नक्कल गरी स्थापना गरिएको राजनीतिक प्रणाली रहेको दाबी गरेका छन् । उनले भनेका छन् ‘राज्यव्यवस्थासँग जनताको सम्बन्ध छैन । सरकारसँग जनताको सम्बन्ध छैन । त्यही कारण यो विकराल अवस्था सृजना भएको हो भन्ने कुरा सत्य होइन ?’















प्रतिक्रिया