
काठमाडौं, ९ साउन । जवाफदेहिता निगरानी समितिले बञ्चरेडाँडावासीको स्वास्थ्य सङ्कटप्रति संवेदनशील बन्न सरोकारवालाहरूलाई आग्रह गरेको छ ।
आज मंगलबार एक विज्ञप्ति जारी गर्दै समितिले उपत्यकाको फोहो व्यवस्थापन भइरहेको बञ्चरेडाँडावासीको अवस्था भयावह रहेको भन्दै संवेदनशील बन्न आग्रह गरेको हो ।
‘अत्यन्त अव्यवस्थित एवम् खुला छोडिएको फोहोरको पहाड, फोहोरको आहालबाट नजिकै बगिरहेको खोलामा मिसिएको दुर्गन्ध, झिँगाको प्रकोप तथा सडकमा बग्ने हानिकारक लेदोका कारण सिसडोल र बञ्चरेडाँडावासीहरूको जीवनयापनलगायत यातायात तथा हिँडडुलमा समेत कष्टकर परिस्थिति उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
निगरानी समितिका सदस्यको नेतृत्वमा यही श्रावण २ गते दुवै क्षेत्रको स्थलगत अवलोकन गर्दा उक्त क्षेत्रमा स्वास्थ्य समस्या अत्यन्तै भयावह रहन गएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया