
काठमाडौं, ९ साउन । इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी बर्खास्त भएका छन् ।
प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृह मन्त्रालयले हिजो सोमबार बर्खास्त गरेको हो । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको बताइएको छ ।
सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका उनले गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको ठहर प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनले गरेको छ ।
सोही अनुसार केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।
बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।















प्रतिक्रिया