
बागलुङ, ९ साउन । बागलुङको बडीगाड गाउँपालिका–६ खालबजारस्थित आशा होटेल तथा खाजा घरमा प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेल मृत अवस्थामा भेटिएका छन् ।
गएराति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको सिलासिलामा प्रहरीले होटेल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय बिनोद कुँवरलाई आज मंगलबार पक्राउ गरेको छ ।
नगर प्रहरी कार्यालय बागलुङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल उक्त होटलको भुइँ तलाको कोठामा मृत अवस्थामा फेला परेको बताइएको छ ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङबाट तत्काल खटिएको प्रहरी टोलीले आमा र छोरालाई पक्राउ गरेको हो ।















प्रतिक्रिया