३० आश्विन २०८३, शुक्रबार

गगन थापा र सोविता गौतमले बुझाएनन् निर्वाचन खर्च, को–कसलाई लाग्यो जरिवाना ? (सूची)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । निर्वाचन आयोगले चर्चित युवा सांसदद्वय नेपाली कांग्रेसका गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमले निर्वाचन खर्च नबुझाएको जनाएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई कारबाहीस्वरुप १५ हजार जरिवाना तोकेको छ । निर्वाचन अर्च नतिर्नेमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती र नेकपा एमालेका शेरधन राइसमेत छन्

आयोगले आज एक सूचना जारी गरी आम निर्वाचनमा भएको खर्च नबुझाउने प्रतिनिधि सभाका १ हजार ३७ तथा प्रदेश सभामा १ हजार ३ सय ९८ गरी कूल २ हजार ४ सय ३५ जनालाई प्रति व्यक्ति १५ हजारका दरले जरिवाना तोकेको हो ।

निर्वाचन आयोगले तोकेको जरिवानाका साथ सात दिनभित्रमा निर्वाचन खर्चसमेत पेस गर्न निर्देशन दिएको छ ।

जरिवाना तोकेका व्यक्तिहरूको सूची–