३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा गृहमन्त्रीले काम गर्ने हो अरूलाई धम्क्याउने होइन : प्रदीप ज्ञवाली

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ साउन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारका गृहमन्त्री काम गर्नुको सट्टा धम्क्याउने धन्दामा लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले आज मंगलबार कास्कीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थतन्त्र चौपट बनाएर देशलाई सबै हिसाबबाट बर्बाद पार्ने काममा गठबन्धन सरकार लागेको भन्दै त्यसको पछिल्लो उदाहरण सुन तस्करी काण्ड भएको बताएका छन् ।

पछिल्लो सुन तस्करी काण्डका सक्कली अनुहार बाहिर ल्याउन आग्रह गर्दै उपमहासचिव ज्ञवालीले निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए । नागरिकलाई सुशासन र समृद्धि दिलाउन संघीयता ल्याइएको भन्दै संघीयताको सदुपयोग गर्नेतर्फ सरकारको ध्यान जान नसकेको बताए ।

साँच्चिकै भ्रष्टाचार निर्मुल गर्ने काममा एमालेको सधैं साथ रहने तर वर्तमान सरकार यो विषयलाई पोलिटिकल स्टन्ट मात्रै बनाएको भन्दै देशमा लुट आतङ्क मच्चाउन तल्लिन रहेको उनको कथन थियो ।