३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार प्रमुख अरुण पोखरेल हटाइए

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । करिब एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएको छ ।

उनलाई हटाएर मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।

गत पुस १० गते विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरू भएपछि पोखरेल बिदामा बसेका थिए ।