२९ आश्विन २०८३, बिहिबार

जापानमा ८.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earthquake-japan– नारायण पाण्डे

जापान, १६ जेठ । जापानमा फेरि शक्तिशाली भूकम्प गएको छ ।

नेपालमा भूकम्प गएको महिना दिन वित्न लाग्दा शनिवार जापानमा फेरि ८ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

जापानमा शनिवार अपराह्न ५ बजेर २८ मिनेटमा ८.५ म्याग्निच्युडको भूकम्प गएको जापानी भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रबिन्दु ओगासावारा सोतो सिहोओकि बनाई गएको भूकम्प ५८० किलोमिटर गहिराइबाट गएको मापन केन्द्रले उल्लेख गरेको छ ।

शक्तिशाली भूकम्पबाट अहिले सम्म क्षतिको कुनै बिवरण भने आएको छैन । भूकम्पसँगै सुनामी आउन सक्ने भन्दै सबैलाई सचेत रहन केन्द्रले आग्रह गरेको छ ।

यसअघि जापानमा हिजोमात्रै कुचिनोएराबुजिमा द्वीपमा ज्वालामुखी विस्फोट भएको थियो । बुधबार पनि शक्तिशाली भूकम्प गएको थियो ।