३० आश्विन २०८३, शुक्रबार

पार्टीभित्र चर्को आलोचना खेपिरहेका गगनको उही रटान : नेतृत्व परिवर्तन गरेरै छोड्छु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेतृत्व परिवर्तनका लागि आफू लागिरहने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उहाले नेतृत्व परिवर्तनको कुरा पार्टी फुटाउन लागेको भन्न नमिल्ने समेत बताउँदै नेतृत्व परिवर्तनका लागि आफूले लिएको अडानबाट पछि नहट्ने बताएका हुन् ।

सभापति शेरबहादुर देउवालाई गाली गरेर खुइल्यायो भन्ने प्रश्नको जवाफमा उहाँले गाली र आलोचना शब्दको अर्थ फरक रहेको बताउँदै कमजोरीमा आएका सुझावलाई ग्रहण गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

राज्यबाट जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सरकार संवेदनशील हुनुपर्ने बताउँदै उनले कांग्रेसले लिएका नीतिका कारण अहिले सरकारले धेरै काम गर्न सम्भव भएको उल्लेख गरे । मुलुकमा हाल ठूला भ्रष्टाचारका फाइल खुलेको बताउँदै महामन्त्री शर्माले त्यसमा व्यक्ति को पर्छ भन्ने दोस्रो कुरा भएको उल्लेख गरे ।