३० आश्विन २०८३, शुक्रबार

एमाले बलियो बनाउनु मुलुकको आवश्यकता : काशीनाथ अधिकारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ साउन । नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवम् केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले एमाले नेपाली राजनीतिमा निर्णायक तथा आदर्श पार्टी निर्माण गर्ने अभियानमा रहेको बताएका छन् ।

नेकपा एमाले मकवानपुर जिल्ला कमिटीद्वारा ४५औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित प्रवचन कार्यक्रममा उनले नेकपा एमाले बलियो हुनु कम्युनिष्ट आन्दोलनलाई मात्र होइन मुलुककै आवश्यकता भएको बताएका हुन् ।

उनले समाजवादमा पुग्नका लागि संघीय लोतान्त्रिक गणतन्त्रको सुदृढ गर्दै राष्ट्रिययता, विकास र समृद्विका लागि मुलुकमा नेकपा एमालेको नेतृत्वबिना सम्भव नहुने उनले बताए । नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गर्दै उनले पार्टी स्थापना गर्नु, पार्टी निर्माणमा वैचारिक आधार खडा गर्नु र लोकतन्त्रका लागि संयुक्त जनआन्दोलनको प्रस्ताव महत्वपूर्ण रहेको चर्चा गरे ।

संयुक्त जनआन्दोलनको प्रस्तावलाई नेपाली काँग्रेसले नटेर्दा मुलुकमा २०१७ सालको निरंकुश शासन आएको तर पुष्पलालले राखेको प्रस्ताव स्वीकार्दा २०४६ र २०६२/०६३ सालको जनआन्दोलन सफल भएको उनले बताए ।

कार्यक्रममा पोलिटव्यूरो सदस्य तथा मकवानपुर इञ्चार्ज देवी ज्ञवालीले दुःख, कष्ट र सङकटमा जो टिक्न सक्छ त्यहि नेता हुने पुष्पलालबाट सिक्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर रानाले पुष्पलालले युवा अवस्थामा विचार, संगठन र संघर्ष कम्युनिष्ट आन्दोलनम विशेष योगदान रहेको बताए । उनले क्रान्तिको शत्रु र मित्र छुट्याएर सही वर्ग विश्लेषण गरेका भन्दै आजको एमाले पुष्पलालको विरासत भएको बताए ।

पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय निर्वाचन कमिटीका सदस्य अनन्त पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममार्फत विन्नि राजनीति दल परित्याग गरी दर्जन बढी नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् ।