३० आश्विन २०८३, शुक्रबार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ, दुई जना फरार

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ७ साउन । ३५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा तीन जनालाई आज आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने २५ वर्षीय शिवकुमार सदा, ४० वर्षीय उमेश सदा र ३२ वर्षीय नारायण सदा छन् ।

उनीहरू समेतका ५ जनाले सोही नगरपालिका–५ स्थित नर्सरीमा ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

साथै घटनमा संलग्न हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।