
रामेछाप, ७ साउन । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको नेताका पनि नेता भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसको अवसरमा आज रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा थापाले कुनै पनि कुरा जन्माउन सजिलो नभएको बताउँदै पुष्पलाल नेताको पनि नेता भएको बताएका ह’न् ।
अत्यन्त असहज अवस्थामा पनि नेपाल कम्युनिष्ट पार्टी जन्माएर पुष्पलालले असाधारण काम गरेको चर्चा गर्दै उनले कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्ने अर्को महान् काम पुष्पलालले गरेको बताए ।
पुष्पलालले सुरू गरेको नेपालको कम्युनिष्ट आन्दोलनलाई नेकपा एमालेले बोकेको उनले बताए । ‘उहाँले सुरु गर्नुभएको कम्युनिष्ट आन्दोलनलाई नेकपा एमालेले परिष्कृत र परिमार्जित गर्दै अघि बढाएको छ’, थापाले भने ।
समाज बदल्नका निम्ति विचार, संगठन र संघर्ष जरुरी रहेको थापाको भनाइ छ ।















प्रतिक्रिया