२९ कार्तिक २०८३, आइतबार

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा आज पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । बैठक बिहान ११ बजे सुरु हुनेछ ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम रहेको छ ।  गत ५ साउनको बैठकमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगानालगायतले आ–आफनो धारणा राखेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा। आरजु राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफनो धारणा राख्ने छन् ।