३० आश्विन २०८३, शुक्रबार

रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैयाँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ६ असार । रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैया निर्वाचित भएका छन् ।

क्लबको वर्ष २०२३/०२४ का लागि मजगैयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।

मजगैयाँले आज शनिबार पदभार ग्रहण गरेका छन् । क्लबले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गराएको हो ।

क्लबको नयाँ कार्यसमितिको प्रस्तावित आगामी अध्यक्ष प्रदीप सुवेदी, मनोनित अध्यक्ष रोशन दाहाल, उपाध्यक्ष मस्कुर अहमद, सचिव भरतराज देवकोटा, कोषाध्यक्ष बुद्धिप्रकाश शर्मा, सजेन्ट ईनाम रजिव उल्लाह खान, क्लब ट्रेनर डा.चेतनारायण पाण्डे, सहसचिव युवराज पन्त, सर्भिस डाईरेक्टर गजेन्द्र बर्मा, सदस्य डाइरेक्टर बसन्तराज अधिकारी, पब्लिक इमेज डाईरेक्टर कमल रेग्मी, सर्भिस डाईरेक्टर रामप्रसाद पोख्रेल, फाउन्डेशन डाईरेक्टर ई. जिवन आचार्य, क्लब मेन्टर पदम कुमार केसी र मिडिया को–अर्डिनेटरमा आरके शीतल छन् ।