
काठमाडौं, ६ साउन । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले क्यूआरमा इन्सटान्ट पेइमेन्ट नोटिफिकेसन ‘भोइस बक्स’ प्रविधिको सेवा सुरू गरेको छ ।
बैंकले नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागलगायत माछापुच्छ्रे बैंकका अन्य केही स्थानहरुबाट सेवा उपलब्ध गराउनेगरी हिजो साउन ५ गतेदेखि सेवा शुभारम्भ गरेको हो ।
यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ«े बैंक नेपालमै पहिलो बैंक भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरूले क्यूआरमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनीमार्फत पनि प्राप्त हुने छ ।
यो सेवाबाट सेवाग्राही तथा मर्चेन्टहरूमाझ क्यूआरप्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने अपेक्षा बैंकले गरेको छ । साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बताइएको छ ।
यो सुविधाबाट हजारौँ साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । यो सेवाको प्रयोगबाट ग्राहक र मर्चेन्टहरूबीच देखिएका केही भुक्तानीसम्बन्धी समस्या पनि निराकरण हुने अपेक्षा बैकको छ ।
हाल उक्त सेवा नेपाल–पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने जानकारी बैंकले दिएको छ ।
यसबाहेक फरक–फरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको जनाइएको छ ।
बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’को रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।
हरेक क्षेत्र र वर्गकाग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० वटा शाखारहित बैंकिङ्ग सेवा, २०३ वटा एटीएममार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया