
काठमाडौं, ६ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको छ ।
मुक्तिनाथ विकास बैंकले विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो । यो अवार्ड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट वार्षिक रुपमा प्रदान गरिँदै आएको छ ।
आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सो अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ ।
आईक्यानले चार विधाहरू बैंकिङ्ग क्षेत्र (वाणिज्य बैंक समूह), वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु), शक्ति र ऊर्जा क्षेत्रलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।
उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरेवापत बैंकलाई दिइने अति प्रतिष्ठित यो पुरस्कार मुक्तिनाथ विकास बैंकले लगातार चारपटक प्राप्त गरिसकेको छ । यसअघि आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ मा बैंकले यो पुरस्कार प्राप्त गरेको मुक्तिनाथ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया