२९ आश्विन २०८३, बिहिबार

सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भव छैन : रवि लामिछाने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङबिना सुन तस्करी सम्भव नरहेको बताएका छन् ।

आज, शनिबार विराटनगर पुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा सेटिङ र मिलेमतोबिना विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन् ।

‘सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भवै छैन । कुन लेबलको, कुन ढङ्गको तस्करी हो भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ,’ उनले भने । सभापति लामिछानेले ठूलो परिमाणको सुन राजनीतिक, प्रशासनिक संयन्त्रको मिलेमतो र सेटिङमै तस्करी भएको दाबी गरेका छन् ।

अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनको भनाइ छ ।