२९ आश्विन २०८३, बिहिबार

ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले फेरि ल्याए विश्वस्तरीय नतिजा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)मा एसीसीए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले पुन: विश्वस्तरीय नतिजा ल्याएका छन् ।

द ब्रिटिस कलेजको भागिनी संस्था बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुन: विश्वस्तरीय नतिजा ल्याएका हुन् ।

बीपीसीमा अध्ययनरत विद्यार्थीहरू दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा विश्वस्तरीय नतिजा ल्याएका हुन् ।

थापाले ९८ प्रतिशत अंक ल्याएर विश्वकै दोस्रो स्थान हाँसिल गरे भने ९७ प्रतिशत अंक ल्याएर शाह तेस्रो भए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हाँसिल गरेका छन् ।

यसअघि बीपीसीमा अध्यायन गरेका विद्यार्थीहरू रिया मानन्धर र रेजिका महर्जन दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए । पूर्वविद्यार्थीहरूको पाइला पछ्याउँदै यस पटक पनि कलेजका तीन विद्यार्थीहरूले राम्रो नतिजा ल्याएका हुन् ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो । विश्वका १७९ देशमा फैलिएको एसीसीएमा ५ लाख ३५ हजार भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । तसर्थ, बीपीसीमा अध्ययनरत विद्यार्थीहरूले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो ।

कार्यकारी प्रिन्सिपल, प्रोफेसर मेरी विशपले कठिन परिक्षामा विद्यार्थीहरूको नतिजा असाधरण रहेको बताइन् । एसीसीए फेलो तथा एसीसीए ग्लोबल लर्निङकी पूर्व निर्देशक समेत रहेकी उनले भनिन्, ‘यो परिक्षा निकै कठिन हुन्छ, यस्तो परिक्षामा विश्वकै उत्कृष्ट बन्नु असाधरण हो । विद्यार्थीहरूलाई उनीहरूको उपलब्धि र प्रतिबद्धताको लागि बधाई दिन चाहान्छु । साथै, विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग गर्न आग्रह गर्दछ ।’

निरन्तर विश्वस्तरीय नतिजा ल्याएकोमा कलेजलाई हालै एसीसीएले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्रदान गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरूलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो । त्यसैले अवार्ड कलेजको लागि सबैभन्दा ठूलो उपलब्धि समेत हो ।

विद्यार्थीहरूको सफलताबारे बोल्दै ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले आफूहरूले निरन्तर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए । उनले भने, ‘हामी गुणस्तरीय शिक्षामा केन्द्रित रहेको कुरा यी नतिजाहरूबाट पनि प्रष्ट हुन्छ । यही उपलब्धिको कारण अब हामीले सीमित संख्यामा मात्रै भर्नाहरू लिने भएका छौं । साथै, हाम्रा विद्यार्थीहरूले अन्य यस्तै विश्वस्तरीय नतिजा ल्याउने पर्खाइमा छौं ।’