
दोलखा, ५ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा दोलखाको चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ ।
श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा शुक्रवार मदन–आश्रित स्मृति प्रतिष्ठान दोलखा र अनेरास्ववियु दोलखाले संयुक्त रुपमा वृक्षारोपण गरेका हुन् ।
क्याम्पस परिसरमा स्वच्छ वातावरण निर्माण गरी विद्यार्थीलाई सामाजिक कार्यमा उत्प्रेरित गर्ने उद्धेश्यले वृक्षारोपण गरिएको प्रतिष्ठान दोलखाका जिल्ला अध्यक्ष सन्तोष खड्काले बताए ।
कार्यक्रमअन्तर्गत दर्जनौं संख्यामा धुपी तथा स्वच्छ वातावरण निर्माण तथा सौन्दर्यमा सहयोग पुग्ने खालका विभिन्न जातका फूलका विरुवा रोपिएको छ ।

कार्यक्रममा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य भरत बहादुर केसी, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, कार्यबाहक सचिव धर्मेन्द्र मोक्तान, उपसचिव सुन्दर कार्की, गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसी, अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेल, अनेरास्ववियु दोलखाका संयोजक जिपछिरीङ शेर्पा लगायत सहभागी थिए ।















प्रतिक्रिया