२९ आश्विन २०८३, बिहिबार

यो पटक सुन तस्करीका भरिया होइन मालिक समात्दैछौँ : पर्यटनमन्त्री किराँती (भिडिओ)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बरामद भएको सुनको भरिया नभइ मालिक समात्ने तयारीमा सरकार रहेको बताएका छन् ।

नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुन प्रकरणमा बिगतमा भरिया मात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गरिने बताएका हुन् ।

उनले कसैलाई शक्तिका भरमा संविधान र न्याय भन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबाब दिनुपर्ने धारणा व्यक्त गरे । विमानस्थलमा सुन पक्रिएपछि सुदन किराँतीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे ।

उनले कुनै पनि हालतमा भ्रष्टाचार सैह्य नहुने बताउँदै आफू मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको उल्लेख गरे ।