
अछाम, ५ साउन । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि पार्टीमा भूमिकाविहीन बनेका नेता भीम रावल पछिल्लो समय पार्टी काममा फर्किने प्रयत्नमा छन् ।
पार्टी काममा फर्किने प्रयत्नस्वरुप पछिल्लो केही दिनयता उनी पार्टीका कार्यक्रमहरूमा पनि देखिन थालेका छन् ।
साउन १ गते अछामको साँफेबगर नगर कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका उनले आफ्नो जन्मदिन पनि यतै मनाएका छन् । उनले नेकपा एमालेका कार्यकर्ताहरूकै आयोजनामा आफूले जन्मदिन मनाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जन्मदिन मनाएको तस्वीरसहित उनले लेखेका छन्, ‘२०८० साल साउन ४ गते साँफेबगर, पार्टी कार्यालय, अछाममा जन्म दिनको अवसरमा पार्टीका कमरेडहरू मलाई फूल र अवीर प्रदान गरी शुभकामना दिनुहुँदै । साथै, समसामयिक विषयमा छलफल पनि । शुभकामना दिनुहुँने सबैप्रति हार्दि धन्यवाद र आभार व्यक्त गर्दछु !’















प्रतिक्रिया