
काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक २६औँ वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आगामी दिनमा थप अनुकरणीय काम गर्दै जाने अठोट व्यक्त गरेको छ ।
‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं र जे छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरू (ग्राहक र सरोकारवाला) लाई नै जान्छ,’ बैंकले विज्ञप्ति जारी गरी भनेको छ, ‘आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवम् सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयामसहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौँ ।’
एनआईसी एशिया सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक भएको दाबी गर्दै बैंकले भनेको छ, ‘हाम्रो आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २६औं वार्षिकोत्सव मनाउन गइरहेका छौँ । हाम्रो यस अनवरत यात्रामा अगाध स्नेह एवम् भरोसा दर्साइ सबैको बन्न अतुलनीय योगदान दिनुहुने हाम्रा समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरू, सेयरधनी महानुभावहरू, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभारका साथ सादर नमन गर्दछौँ ।’















प्रतिक्रिया