२९ आश्विन २०८३, बिहिबार

१५० केजी सुन प्रकरणविरुद्ध राष्ट्रिय युवा संघले मसाल जुलुश निकाल्दै

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले १५० केजी सुन प्रकरणबारे आज मसाल जुलुश निकाल्ने भएको छ ।

सरकारी संयन्त्रको सेटिङमै भारी परिमाणमा अवैध सुन आयात गरिएको र त्यसमा सरकारमा रहेकाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुनुपर्ने माग गर्दै संघले मसाल जुलुश निकाल्न लागेको बताएको छ ।

आज साँझ ६ बजे नयाँ बानेश्वरमा जुलुश निकाल्न लागिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।