२९ आश्विन २०८३, बिहिबार

प्रेस युनियनको केन्द्रीय समितिमा चार जना सदस्य मनोनीत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी (बझाङ), विमल ज्ञवाली (रुपन्देही), देवेन्द्र बस्नेत (दाङ) र रेखा भुसाल (रुपन्देही)लाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका हुन् ।

युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताए ।

लम्साल २०७९ साउनमा हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित निर्वाचित भएका थिए ।