
काठमाडौं, ४ असार । आईएमई–पेले ‘रेमिट्यान्समा उपहारको बहार’ नयाँ अफर सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकवर्गलाई लक्षित गर्दै आईएमई–पेले यो अभियान सुरू गरेको हो ।
सो अफर यही साउन १ गतेदेखि साउनको मसान्तसम्म चल्ने छ ।
यो अफरअन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई–पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली बिजेताले स्मार्टफोन पाउने कम्पनीले जनाएको छ ।
साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहारस्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिने छ । यस अफरअन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्वीर तथा भिडियो आईएमई–पेको सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।
यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यममार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यका साथ सुचारु गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया