
काठमाडौं, ४ साउन । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन् ।
आज बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका हुन् ।
गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए ।
गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा व्यक्त गरे ।
उनले सरकार सुशासनलाई पूर्वशर्त बनाएर अगाडि बढिरहेकाले सुशासनबाट नै समृद्धिको लक्ष्य पूरा गर्न सकिने धारणा व्यक्त गरे ।















प्रतिक्रिया