२९ आश्विन २०८३, बिहिबार

सुन भित्र्याउन भन्सारका कर्मचारी र प्रहरीको समेत मिलेमतो छ : रमेशजंग रायमाझी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले त्रिभुवन विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद भएको सुन प्रकरणमा भन्सारका कर्मचारी र प्रहरीको समेत मिलोमतोको आशंका गरेका छन् ।

आज, बिहीबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा रायमाझीले भन्सारका कर्मचारी र प्रहरीको मिलेमतोबिना भन्सारबाट सुन कटाउन सम्भव नहुने उनले बताएका हुन् ।

३३ किलो सुनको प्रकरण सेलाउन नपाउँदै सयौं किलो सुन बरामद हुनु लाजमर्दो कुरा भएको उनले भनाइ छ । रायमाझीले सरकार चलाउँदै छौँ कि तस्करी गर्दैछौँ भन्दै प्रश्न समेत गरे ।

ललिता निवासको काण्डमा अधिकृतलाई टिप्पणी उठाउँदा कारबाही गर्ने प्रशासनले १०० किलो सुन निकाल्दा प्रहरीको उपस्थिति नदेखेको उनले बताए । मुलुकलाई अपराधिक क्रिडास्थल बनाउन खोजिएको भन्दै सरकार सचेत हुनुपर्ने धारणा उनकोछ ।

त्यसअघि बैठकको शुन्य समयमा सांसद विमला घिमिरेले सुन प्रकरणमा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन् ।