
काठमाडौं, ४ साउन । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको करिब एक सय किलो सुन प्रकरणमा मुछिएका व्यवसायी दीपक मल्होत्राले सुन ल्याउने मुख्य गिरोहलाई उम्काउने प्रयास स्वरूप आफूलाई जोडिएको बताएका छन् ।
दैनिक नेपालसँगको कुराकानीमा मल्होत्रा आफूलाई यस विषयमा केही पनि थाहा नभएको र आफूलाई मुछिएकोमा आफू पनि अचम्मित रहेको बताएका हुन् ।
‘जुन ग्याङले ल्याएको छ त्यसलाई डाइभर्ट गर्न यो भएको हुनसक्छ । मलाई केही थाहा नभएको कुरा,’ उनले भने ।
मल्होत्राले आफू अदालत जान सक्ने पनि बताएका छन् । ‘आज म पत्रकार सम्मेलन गर्छु, त्यसपछि अदालत पनि जान सक्छु,’ उनले भने ।















प्रतिक्रिया