
काठमाडौं, ४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नाम मुछिनुले स्थिति निकै गम्भीर देखिएको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय बनेको उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा प्रतिनिधिसभाको ध्यान गम्भीर रुपमा जानु आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले भनेका छन्ः

हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो । प्रहरीले उक्त सुन प्रकरणमा एक एजेन्टसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन् ।
बुधबार विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।















प्रतिक्रिया