२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले कुन–कुन् संस्था र सेवामा पाउँछन् विशेष छुट ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरूसँग विशेष सम्झौता पनि गरेको छ ।

सम्झौतापश्चात बैंकका ग्राहकहरूले उक्त संस्थाहरूका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन ।

बैंकका ग्राहकहरूले काठमाडौंको तीनकुनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरूमा अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी, ललितपुरको भैंसेपाटीस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालिका सेवाहरूमा अधिकतम २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।

यसैगरी, काठमाडौंको न्युरोडस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरूमा पनि अधिकतम २५ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको विज्ञप्तिमार्फत जनाएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने पनि बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटीएम तीन वटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरूबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।