
काठमाडौं, २ साउन । सरकारले भोलिदेखि बुधबार बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
लामो समयको प्रतीक्षापछि सरकारले आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि भोलि फिल्ड कार्यालय उद्घाटन गर्न लागेको हो ।
कार्यालय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ ।
आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागिएको हो ।
कूल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । काठमाडौँस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।
सरकारले २०७९ साल असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो ।
लामो समयसम्म स्वदेशी वा विदेशी लगानी भन्नेमा आवश्यक निर्णय लिन ढिलाइ हुँदा प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।















प्रतिक्रिया