
काठमाडौं, २ साउन । अबदेखि सहकारी बैंकका सबै शाखाबाट रेमिट्यान्स् प्राप्त गर्न सकिने भएको छ ।
यो सुविधाका लागि बैंकले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले विभिन्न सहकारीमार्फत नेपाल रेमिटमार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउन सकिने भएको हो ।
रेमिट्यान्स् भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया