२९ आश्विन २०८३, बिहिबार

अनेरास्ववियुले स्कुल–कलेजस्तरीय चेस प्रतियोगिता गर्दै, कति छ पुरस्कार ?

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्कुल–कलेजस्तरीय चेस प्रतियोगिता गर्ने भएको छ ।

आगामी साउन १२ र १३ गते प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रतियोगिता हुने भएको हो ।

संगठनको केन्द्रीय खेलकुद विभागका अनुसार प्रतियोगिताका लागि प्रवेश शुल्क ७ हजार पाँच सय रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजारसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, उत्कृष्ट विद्यालयले १० हजार, उत्कृष्ट +२ कलेजले १० हजार, उत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्ने छन् ।

विभागले हरेक वर्ष विद्यार्थीको उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।